Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

अलङ्कार प्रतिष्ठानमा डा नवराज लम्साल-चौथो भर्चुअल साहित्यीक गोष्ठी सम्पन्न

Company Register

Advertisement

अलङ्कार प्रतिष्ठान काठमाण्डौको चौथो भर्चुअल साहित्यीक गोष्ठी शनिबार भब्य कार्यक्रमका बीच सम्पन्न भएको छ । नेपाली साहित्यका यूवा धरोहर कवि, गीतकार एवम् कुशल प्रस्तोता डा नवराज लम्सालको प्रमूख आतिथ्यता रहेको कार्यक्रम अलङ्कार प्रतिष्ठानकी अध्यक्ष भारती न्यौपाने दाहालको अध्यक्षतामा सम्पन्न भएको हो ।

करिव चार दर्जन साहित्यकारको उपस्थिती रहेको कार्यक्रममा सर्जकहरुले देशप्रेम, समसामयिक यथार्थता, सीमासँग सम्बन्धित कविताहरू वाचन गरेका थिए । कार्यक्रममा प्रमूख अतिथी डा लम्सालले आफ्ना गद्य तथा पद्य कविताहरू वाचन गर्दै अन्य स्रष्टाहरूका कवितामा आफ्नो समालोचनात्क विचारहरू राख्नुभएको थियो ।अलङ्कार प्रतिष्ठानले यस्ता कार्यक्रममार्फत विशिष्ट कविहरूको छत्रछायामा नवसर्जकहरूलाई साहित्यसिर्जनामा उत्प्रेरित बनाई सिक्ने सिकाउने कार्यलाइ निरन्तरता दिने अध्यक्ष भारती न्योपाने दाहालले बताउनुभएको छ ।

प्रतिष्ठानकी सचिव सावित्रा पाण्डेले सञ्चालन गर्नुभएको कार्यक्रममा देश विदेशबाट सर्जकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सिर्जन अविरल, सुनिल गौतम, बद्री ढकाल,दधिराम गेलाल, शेखर पाण्डे, चन्द्रकान्त न्यौपाने, दुर्गा गौतम, चन्द्रा न्यौपाने, दीपक दाहाल, लोकनाथ खनाल, पुष्करराज रेग्मी, सविन नेपाली, सुनिता पहिजू, उषा अधिकारी, रमेश भट्टराई, सुजता लामिछाने, सन्दीप तिमिल्सिना, कृपा राजभण्डारी, बेलुकाजी थापा, प्रसिद्ध पराजुली, र अर्जुन अन्यौल ले रचना वाचन गरेका थिए ।

आयोजक संस्था अलङ्कार प्रतिष्ठानबाट भने उपाध्यक्ष द्वय गणेशप्रसाद गैह्रे, सविन लम्साल, त्यसैगरी सहसचिव सावित्रा पाण्डे (सञ्चालक), कोषाध्यक्ष लक्ष्मी थापा, सदस्यहरू अर्जुन ढकाल (प्राविधिक), दीपक फुयल (समीक्षक), अमृता भट्टराई, अनिता पुन, विजया बस्नेत, सरस पाण्डे, सीता गुरागाईँ लगायतका पदाधिकारीको रचना वाचन सहित उपस्थिती रहेको थियो । प्रतिष्ठानले पून: आउँदो शनिबार २१ गते दिनको १ बजे अनलाइन साहित्यीक गोष्ठीको पाँचौं श्रृंखला आयोजना गर्ने सरस पाण्डेले बताउनुभयो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...