हेटौंडामा आजबाट अन्तर शहर चेस प्रतियोगिता सुरु हुँदै

अनलाइन पत्र संवाददाता२०७७-१२-११ No Comments

वागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट अन्तर शहर चेस प्रतियोगिता सुरु हुने भएको छ । मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौंडा चेस क्लबको आयोजनामा प्रतियोगिता सुरु हुने भएको हो । प्रतियोगिता आजबाट सुरु भएर चैत १४ गते सम्म सञ्चालन हुने भएको छ । सम्पुर्ण तयारी पुरा भइसकेको आयोजकले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । स्वीस लिग प्रणालीमा सात चरणसम्म हुने प्रतियोगितामा देशभरका १८ वटा शहरको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् । प्रत्येक टोलीमा चारजना नियमित खेलाडी तथा एकजना वैकल्पिक र एकजना व्यवस्थापक गरी ६ जनाको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले नगद दुईलाख ५० हजार, उपविजेताले एकलाख ५० हजार, तेस्रो हुनेले ५० हजार, चौथो हुनेले ३० हजार रुपैँया र पाँचौ हुनेले २० हजार रुपैया“ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले जनही नगद दश हजार रुपैँया प्राप्त गर्ने छन् ।

Ad
Ad