हेटौंडामा ‘लागुऔषध विरुद्ध प्रथम हेटौंडा–९ साँगितीक महोत्सव–२०७७’ हुने भएको छ । आउँदो चैत २४ गते देखि २०७८ बैशाख १ गते सम्म हेटौंडाको लामसुरेडाँडामा लागुऔषध विरुद्ध साँगितीक महोत्सवको आयोजनाको तयारी सुरु गरिएको महोत्सव समितिका संयोजक सिआन पुर्नस्थापना केन्द्रका प्रमुख सौजन डिसिले जानकारी दिए । हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजक समितिका संयोजक समेत रहेका डिसिले हेटौंडा उपमहानगरपालिका वडा नंबर ९ को वडा कार्यलय र सिआन पुर्नस्थापना केन्द्रको आयोजनामा लागु औषध विरुद्ध साँगितिक महोत्सवको आयोजना हुन लागेको बताए । उनले हेटौंडामा लागु औषध प्रयोग गर्नेको संख्या बढ्दै गएको र समस्या विकराल बन्दै गएको लागु औषले समाजमा समस्या बढाउँदै गरेको आवस्थालाई मध्यनजर गर्दै लागुाऔषध विरुद्ध समाजमा सचेतना फैल्याउँनको निम्ति महोत्सवको आयोजना गर्न लागिएको बताए ।

यसैगरि पत्रकार सम्मेलनमा बोल्दै सिआनका सदस्य एवम् महोत्सव व्यवस्थापन समितिका संयोजक अजित राईले महोत्सवमा खाजा,खाना,कृषि,व्यापारिक स्टलहरुगरी २ सय १० स्टलहरु रहने बताए । उनले स्थानीय र राष्ट्रिय कलाकारहरुको बजोड प्रस्तुति रहने बताए । उनले हालसम्म सोम्झौता भईसकेको राष्ट्रिय कलाकारहरुमा महोत्सवको २५ गते धिरज राई,२६ गते उदय सोताङ,मनिला सोताङ र छिरिङ भुँटियाले आउने कार्यक्रम तय भएको बताए । यसैगरि २७ गते कमल क्षेत्री,२८ गते सत्यराज आर्चाय र सोरुपराज आर्चाय,२९ गते विद्या तिवारी,३० गते कुलेन्द्र विक,३१ गते रोज मोक्तान र अन्तिम दिन नयाँ वर्ष बैशाख १ गते यश कुमार आउने कार्यक्रम तय भईसकेको व्यवस्थापन समितिका संयोजक राईले बताए । यसैगरि उनले महोत्सवमा स्थानीय कलाकारहरुको प्रस्तुति रहने बताए । उनले हेटौंडा ९ को लामसुरेडाँडामा महोत्सव व्यवस्थापनको कामहरु सुरु भईसकेको र प्रचारप्रसारको काम पनि भोलि हेटौंडा बजारबाट सुरु गरिने बताए ।
यसैगरि पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरी हुँमागाईले वडा र सिआनले गर्न लागेको लागु औषध विरुद्धको महोत्सव कार्यकम्रले चेतनामा अभिवृद्धि हुने विश्वास व्यक्त गरे । उनले कार्यक्रमलाई जिल्लाका सबै १० वटै स्थानीय तह,वडा,प्रशासन,प्रदेश सरकारले साथ र सहयोग गर्नुपर्ने बताए ।

यसैगरि पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा(९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा बढी लागुऔषध प्रयोग गर्ने वडा ९ रहेको बताउँदै लागुऔषध विरुद्धको कार्यक्रममा हातेमालो गर्न महोत्सव गर्न लागिएको बताए । लागु औषधको विरुद्धमा चेतना अभिवृद्धि गर्न महोत्सवले सहयोग गर्ने विश्वास रहेको बताए । उनले भारतबाट लागूपर्दाथ ल्याउनेहरुले हेटौंडाको रातेमाटोमा सवारी साधनबाट ओर्लिएर वडा नंबर ९ को वस्ति छिरेर वस्तिको विभिन्न स्थानमा डम्पिङ गर्ने गरेको र उत्तरी तथा पश्चिमी मकवानपुरको विभिन्न स्थानबाट गाँजा र गाँजाबाट बन्ने विभिन्न लागु औषध ल्याएर वडा नंबर ९ कोे विभिन्न स्थानमा डम्पिङ हुँदै जाँदा समस्या बढ्दै गएको समेत बताए । उनले हेटौंडाको अन्य वडा भन्दा ९ नंबर वडा लागु औषधले समस्या विकराल बन्दै गएको समेत बताए । उनले लागुऔषध विरुद्ध साँगितिक महोत्सव कार्यक्रमले वडा नंबर ९ र हेटौंडा बजारमा चेतना अभिवृद्धि गर्ने महशुसको कारण महोत्सव कार्यक्रममा जोडिएको बताए । महोत्सवमा १९ लाख ५० हजार खर्च हुने र महोत्सवबाट ३९ लाख ५० हजार उठाउने आयोजकले जनाएको छ । महोत्सवमा प्रवेश शुल्क एक सय रुपँया र विद्यार्थीको लागि ५० रुपँया राखिएको आयोजकले जनाएको छ । महोत्सवमा लागेको खर्च कटाएर बचेको रकम बाल उद्धानमा लगानी गरिने आयोजकले जनाएको छ ।