हेटौंडामा एक युवकमाथि खुकुरी प्रहार भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नंम्बर १२ सिग्रेनी बस्ने २६ वर्षिय विरन घिसिङमाथि सोही वडाका ३८ वर्षिय झोन सागर ब्लोनले आईतबार राती खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । खुकुरी प्रहारबाट घिसिङ घाईते भएका छन् ।

घर नजिकै चौतारामा बसिरहेको अवस्थामा उनिमाथि खुकुरी प्रहार भएको र उनको बायाँ पन्जामा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । उनलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपछि काठमाडौंको वि एण्ड वि अस्पतालमा रिफर गरेको प्रहरीले बताए । प्रहरीका अनुसार उनिहरुबीच पुरानै रिसिभि रहेको भन्ने बुझिएको छ । खुकुरी प्रहार गर्ने ब्लोनलाई नियन्त्रण लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।