पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकामा आज सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले सोमबार एक सुचना जारी गर्दै चेपाङ जातिको महान पर्व छोनाम न्वागीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी गराएका छन् ।

चेपाङ समुदायको बाहुल्यता रहेको गाउँपालिकामा छोनाम न्वागी पर्वलाई महत्वका साथ मनाउने गरिएको पालिकाका अध्यक्ष राजकुमार मल्लले सूचनामा जनाएका छन् । कोभिड–१९ संक्रमणलाई मध्यनजर गर्दै पर्व स्वास्थ्य सुरक्षाका उच्चतम मापदण्ड एवम् भौतिक दुरी कायम गरी भिडभाड नगरी मनाउन आग्रह गरेका छन् ।