
मकवानपुरमा सोमबार बिहानै ३९ जना कोरोना संक्रमित थपिएका छन् । हेटौंडा–१० स्थित कीटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा कात्र्तिक २३ गते (हिजो) गरिएको परिक्षणमा ३९ जनाको रिपोर्ट पोजेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् । संक्रमित हुनेहरु मध्य धेरै जसो हेटौंडा उपमहानगरपालिका क्ष्ँोत्रका रहेका छन् भने भिमफेदी र थाहा नगरपालिकाका रहेका छन् । सोमबार बिहान आएको रिपोर्ट अनुसार संक्रमित हुने मध्य ११ महिला र १८ जना पुरुष रहेको छ । जुन संक्रमित संख्या ३४ प्रतिशत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




