मकवानपुर उद्योग बाणिज्य संघको आह्वानमा आज मंगलबार व्यवसायीले हेटौँडा बजार बन्द गर्ने भएका छन् । सरकारले आव ०७६/०७७ बाट लागु गर्न लागेको भिसिटिएस तथा अन्य करको विरोधमा आज बजार बन्द गर्ने भएका हुन् ।

वाणिज्य संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा भएको भेलाले सरकारको निर्णय सच्याउन दवाव स्वरुप विरोध जनाउने निर्णय गरेको छ । बैठकले आज बिहान विहान ८ बजे विरोध र्याली निकाल्दै बजार बन्दा गर्ने भएको छ । संघले सरकारले कार्यान्वयन गर्न खोजेको कर नीति जस्ताको तस्तै पूर्ण रुपमा पालना गर्न नसकिने भएकाले विरोध गर्नु परेको जनाएको छ ।