Comments Add Comment

भीर मौरीको मह काट्ने क्रममा लडेर मृत्यु

दोर्दी गाउँपालिका–६ छोटेखोलामा भिरमौरीको शिकार गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । स्थानीयवासी २६ वर्षीय गोपाल गुरुङको मृत्यु भएको हो ।

गुरुङ भिरबाट लडेर घाइते भएका थिए । उनको एम्बुलेन्समा बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो ।

भिरमौरीको मह काट्ने क्रममा गुरुङ चिप्लेर करीब ८० मिटर तल खसेको प्रहरी निरीक्षक धनबहादुर थापाले बताए । मृतक गुरुङलगायत १० जना भिरमौरी काट्न गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर