Comments Add Comment

महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश

बलात्कारको आरोपमा पक्राउ पर्नु भएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधिश दीपकुमार दाहालको ईजलासले महरालाई अनुसन्धानका लागि थप ३ दिन हिरासतमा राख्न आदेश दिएको हो ।

गत असोज १९ गते संसद सचिवालयका कर्मचारी रोशनी शाहीमाथि बलात्कारको आरोप लागेपछि पक्राउ पर्नु भएका उहाँको यसअघि अदालत बन्द भएकाले म्याद थप हुन सकेको थिएन । तर मंगलबार ३ दिन म्याद थप गरिएको हो ।

जस अनुसार निर्वमान सभामुख महरा शुक्रबारसम्म हिरासतमा रहनु हुनेछ । यो अवधिमा प्रहरीले उहाँसँग बयान लिनेछ । सो अवधिमा पनि अनुसन्धान नसकिए महरालाई फेरी अदालतमै उपस्थित गराएर म्याद थप गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर