आज देशका अधिकांश ठाउँमा पानी पर्ने

काठमाडौं : पश्चिमी न्यूनचापिय प्रणालीका कारण अहिले देशभरको मौसम बदली भएको छ। पश्चिमका केहि भू-भागका पानी परिरहेको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो देशका धेरै स्थानमा पानी पर्ने संभावना रहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। काठमाडौं उपत्यकासहित मध्य, पुर्व र पश्चिमका अधिकांश स्थानको मौसम पूर्ण रुपमा बदली भइ अधिकासं स्थानमा पानी पर्ने मानन्धरले बताइन्।

देशका सबैजसो उच्च पहाडी र हिमाली भेगमा आज पनि हिमपात हुनेछ। केहिदिन यता नेपालमा भित्रिएको पश्चिमी न्युन चापिय प्रणालीको असरका कारण देशका धेरैजसो स्थानको मौसम पूर्ण रुपमा बदली भई ठाउँ ठाउँमा वर्षा र हिमपात भइरहेको छ।

यस प्रणालीको असर विषेश गरी पश्चिमी भेगका बढी देखिएको छ। यो प्रणाली भोलि देखि क्रमिक रुपमा कमजोर हुँदै जाने संभावना रहेको महाशाखाले जनाएको  छ। हिजो काठमाडौं उपत्यकामा पनि पानी परेको थियो। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान ५ डिग्री सेल्सियस मापन भएको  छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad