Comments Add Comment

मिर्गौलाको डायलाइसिसका लागि अस्पताल पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलाइसिस गरिएको छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आज शुक्रबार डायलाइसिस गरिएको हो । प्रधानमन्त्री ओलीको अहिले डायलाइसिस प्रक्रिया चलिरहेको उनकी निजी चिकित्सक डा दिव्य सिंह साहले जाकारी दिइन् । १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको कात्तिकदेखि मिर्गौलामा फेरि खराबी देखिएको थियो । उनको सातामा एकपटक नियमित रुपमा डायलाइसिस गरिँदै आएको छ ।

यसअघि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणबारे कुरा चले पनि प्रत्यारोपणको विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्रीकी निजी चिकित्सक डा साहले बताइन् । ‘अहिले डायलाइसिस भइरहेको छ, गत शुक्रबार पनि गरिएको थियो, सातामा एकपटक नियमित डायलाइसिस भइरहेको छ,’ डा साहले भनिन्, ‘अहिले प्रत्यारोपणबारे कुनै निर्णय भइसकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर