ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना सार्वजनिक

Company Register

ग्लोबल आईएमई बैंक लिमिटेडले कुशे औंसी तथा हरितालिका तीजको अवसरमाआफ्ना ग्राहकवर्गलाई लक्षित गरी तीज विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ एप्लिकेसन, क्यूआर पेमेन्ट एवं डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो ।

Advertisement

यस क्यासब्याक योजनाअन्तर्गत भाद्र २१ र कुशे औंशीको दिन २२ गते बुबाको लागि कुनै पनि उपहारको खरिदमा “GIFT TO FATHER”  लेखी क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत९रु। ३०० सम्म०क्यासब्याक पाइनेछ । यसैगरी भाद्र २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आईएमई बैंकको डेबिटरक्रेडिट कार्डको प्रयोग गरी अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु। ५०० सम्म) क्यासब्याक फिर्ता पाइने छ ।

ya thau khali xa

क्यासब्याक योजनालाई तीज विशेष बनाउन बैैंकले महिलाहरुलाई ग्राह्यता दिने भएको छ । ग्लोबल आईएमई बैंकमा “नारी बचत” तथा “नारी शक्ति बचत” खाता रहेका महिलाहरुले डेबिट कार्डको प्रयोग गरी POS/ECOM मार्फत ३ हजार रुपैयाँ वा सो भन्दा बढीको भुक्तानीमा ३ सय क्यासब्याक फिर्ता पाउनु बैंकले जनाएको छ । महिला ग्राहकलाई लक्षित यो योजना भाद्र १६ देखि ३१ गते सम्म चल्नेछ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...