गायक प्रकाश तामाङ्गको “स्याउ स्याउ नाना” लाई एक मिलियन बढी दर्शकले हेरे

Company Register

सफल गायक तथा संगितकार प्रकाश तामाङ्ग तितुङको पहिलो तामाङ्ग सेलो गीत “स्याउ स्याउ नाना” को म्युजिक भिडियोलाई एक मिलियन भन्दा बढी दर्शकले हेरेको छ । एक वर्ष अगाडी जिग्मे मिडिया युट्युव च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोलाई एक मिलियन भन्दा बढी दर्शकले हेरेको हो ।

Advertisement

गायक तथा संगितकार प्रकाश तामाङ्ग तितुङले गीतको म्युजिक भिडियोलाई एक मिलियन भन्दा बढी दर्शकले हेरेकोमा खुशी व्यक्त गरेका छन् ।गीतमा उनको स्वर र बुद्धरत्न तितुङ र उनकै शब्द रहेको छ ।

ya thau khali xa

म्युजिक भिडियोमा कलाकार अनिता गोले , अभि लामा र निरु थिङको अभिनय रहेको छ । उनले यो गीतको फिमेल भर्सन बजारमा ल्याउन थालेको र अन्तिम तयारीमा रहेको अनलाईनपत्र डटकमसंग कुराकानी गर्दै बताएका छन् ।

मकवानपुरकोे मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ५ सोलिथुममा जन्मिएको तितुङले विगत ११ वर्षदेखि सांगितिक क्षेत्रमा हात हालेको हो । उनले अहिलेसम्म एक दर्जन भन्दा बढी तामाङ्ग गीतहरु र दुई दर्जन भन्दा बढी नेपाली गीतहरुमा स्वर तथा संगित भरिसकेका छन् । अगामी दिनहरुमा नयाँ नयाँ गीतहरु बजारमा ल्याई दर्शकश्रोता माझ पस्किने समेत उनले बताए ।

म्युजिक भिडियोलाई हेर्नुहोस्

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...