Comments Add Comment

गुल्मीमा राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरु

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले शनिबार जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यको शुभारम्भ गरेका छन् । ज्ञवालीले शनिबार जिल्ला प्रशासन कार्यालय गुल्मीमा आफ्नो विवरण डिजिटल प्रणालीमा दर्ता गरेर कार्यक्रमको शुभारम्भ गरेको  प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

आइतबारदेखि जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउने नागरिकका लागि अनिवार्य रूपमा डिजिटल प्रर्णालीमा आफ्नो विवरण उल्लेख गर्ने कार्य हुने भन्दै केही हप्तापछि  जिल्लाका १२ वटै स्थानीय तहबाट विवरण दर्ता गर्ने कार्य संचालन गरिने पौडेलले जानकारी दिए ।

विवरण दर्ता गर्ने कार्यका लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर