
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सेक्सन कमान्डर पेम्बा साङ्गे शेर्पा पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा ताप्लेजुङ फाक्ताङलुङ गाउँपालिका–२ का ३२ वर्षीय शेर्पालाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले आज जनाएको छ । शेर्पालाई उर्लाबारी–६ रमाइलो टोलका एकान्त कोइराला भन्ने एकबहादुर विश्वकर्माको घरमा बसेको अवस्थामा पक्राउ गरेको हो । शेर्पाको साथबाट अमेरिकन पेस्तोल, त्यसमा लगाउने म्याग्जिन, तीन थान गोली, तीन थान मोबाइल, आठ थान ब्याग र १८ थान ज्याकेटलगायत सामग्री बरामद गरेको सूचना अधिकृत प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए । शेर्पालाई हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




