हेटौंडामा स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गर्ने विषयमा आईतबार छलफल भएको छ । हेटौंडा क्षेत्रका सामुदायिक विद्यालयका प्रधानध्यापकहरुसंग विद्यालय सञ्चालनका विषयमा छलफल गरिएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नु पर्ने बताएका छन् ।

कोरोनाका कारण आठ महिना देखि बालबालिकाहरुले शिक्षाबाट बन्चित हुनुपरेकाले अव भने विद्यार्थीलाई, शिक्षकलाई मास्क, स्यानीटाइजरको प्रयोग गरेर विद्यालय सञ्चालन गरिने बताए । नगर शिक्षा समितिको वैठक बसेर छिट्टै विद्यालय खोल्ने निर्णय गरिने उनले बताए । स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नका लागि प्रधानध्यापकहरुले आफुहरु तयार रहेको वताएका छन् । कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाले धेरै विद्यार्थी भएका विद्यालयमा पालैपालो अध्यापन गर्ने, बिहान, दिउसो सञ्चालन गर्नुपर्ने बताए ।