हेटौंडा–१४ उत्तरपानीमा गुम्बाको भवन उद्घाटन् गरिएको छ भने नयाँ भवन निर्माण गर्न लागिएको भवनको शिलान्यास गरिएको छ । आईतबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन् गर्नु भएको छ । गुम्बाको अर्को निर्माण हुँदै गरेको भवनको शिलान्यास समेत गरिएको छ । ३० लाख रुपैयाँ लागतमा निर्माण गर्न लागिएको गुम्बाको आईतबार शिलान्यास गरेका छन् । राष्ट्रिय पुन निर्माण प्राधिकरणले गुम्बा निर्माणका लागि रकम पठाएपछी यस कामले तिब्रता पाएको छ । कार्यक्रममा हेटौंडा १४ का वडा अध्यक्ष दिपक खड्काको आतिथ्यता रहेको थियो ।