मकवानपुरमा शुक्रबार थप १५ जनामा कोरोना संक्रमित थपिएका छन् । शुक्रबार साँझ आएको रिपोर्ट अनुसार ६ महिला र ९ पुरुष गरी १५ जना कोरोना संक्रमित थपिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईले बताएका छन्। यही असोज ६ गते संकलन गरिएको स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको परीक्षणको नतिजा शुक्रबार साँझ सार्वजनिक गरेको निरिक्षक चौलागाईले बताएका छन् ।