यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

मकवानपुरमा ईनारमा डुबेर दुई जनाको मृत्यु


मकवानपुरको मनहरी गाउँपालिका –७ मा ईनारमा पसेका वेपत्ता भएका दुई जना मृत अवस्थामा फेला परेका छन् । मनहरी बजारमा रहेको शाह पार्टी प्यालेसको इनारमा मोटर बनाउन पसेका पार्टी प्यालेसका सञ्चालक सुरज शाह बेपत्ता भएका थिए । मोटर बनाउन पसेको निकै बेरसम्म पनि शाह नआएपछि उनको खोजिको लागि इनारमा पसेका स्थानीय उत्सब नेपाली समेत बेपत्ता भएका थिए । उनीहरु दुई जनाको मृत्यु भएको छ भने अर्का एक जनाको अचेत अवस्थामा उद्धार गरिएको छ । ईनारभित्रै हराएका उनीहरु दुवै जनाको उद्धारमा खटिएको स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा शव ईनारभित्रबाट निकालिएको हो । उद्दारको लागि वागमती प्रदेश प्रहरी विपद ब्यबस्थापन गुल्मको विशेष गोताखोर जुटेका हुन ।