हेटौंडामा बसले मोटरसाइकललाई ठक्कर दिदा २ जनाको मृत्यु

हेटौंडा–१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। शुक्रबार राति नारायणगढबाट काँकडभिट्टा जादै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा हेटौंडा–१५ बस्ने १८ बर्षीय प्रकाश दियाली र हेटौंडा–३ का २२ बर्षीय सुशान्त दियाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
प्रतिक्रिया
Loading...