Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

हेटौंडाका बृद्धबृद्धालाई बिभिन्न सामाग्री वितरण

Company Register

हेटौंडा उपमहानगरपालिका क्षेत्रका बृद्धबृद्धाहरुलाई बिभिन्न सामाग्री वितरण गरिएको छ । नगरका १९ वटै वडाका बृद्धबृद्धाहरुको सम्मानमा स्थानीय सरकारको बजेटबाट बिभिन्न सामाग्री वडा स्तरबाटनै वितरण गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । दशै नजिकीदै गर्दा नगरका ९५ जना बृद्धबृद्धालाई सम्झना स्वरुप पाँच हजार रुपैयाँका दरले सामाग्री वितरण गरिएको मेयर महतले वताउनुभयो ।

Advertisement

नगरको एउटा वडाका अति गरिब र विपन्न परिवारका बृद्धबृद्धालाई एक एक जोर कपडा, ब्लाङकेट, लौरो समेत वितरण गरिएको उपमहानगरपालिका महिला तथा बालबालिका महासाखाका प्रमुख विष्णुकुमारी लामिछानेले वताउनुभयो । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा १९ वटा वडामा बृद्ध र बृद्धाका लागि सामाग्री वितरण गरिएको उहाँले वताउनुभयो । काम गर्न सक्ने र सम्पन्न परिवारका भन्दा पनि गरिब परिवार पहिचान गरेर नगरका प्रत्यक वडाबाट सामाग्री वितरण गरिएको मेयर महतले वताउनुभयो । जनपत्रबाट

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...