हेटौंडाका युवाहरुले बिहिबार साँझ हेटौंडाको बुद्ध चोकमा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन गरेका छन् । गत हप्ता चितवनको कङ्गारु होटलमा मृत अवस्थामा भेटिएका पत्रकार सालिकराम पुडासैनीको सम्झनामा श्रद्धान्जली सभाको आयोजना गर्दै दिप प्रज्वलन गरेको हो ।

रवि लामिछानेको समर्थनमा विरोध प्रदर्शन गर्ने युवाहरुले बिहीबार साँझ मृतक पत्रकार पुडासैनीले पनि छिट्टै न्याय पाउनु पर्छ भन्दै उनको सम्झनामा दिप प्रज्वलन गरेका हुन।
युबाहरुले हिरासतमा रहेको लामिछाने र मृतक पुडासैनी दुबै नेपाली नै भएको र मृतक पुडासैनीको आत्मा शान्तिको कामना गर्दै दिप प्रज्वलन कार्यक्रम गरिएको युवाहरुले बताए ।