
हेटौंडामा स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप (अन्तराष्ट्रिय फुटबल) प्रतियोगिताको चौथो संस्करण २०७९ हुने भएको छ । बिहिबार हेटौंडामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जनाकारी दिएका छन् । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा यही जेष्ठ १९ गतेबाट प्रतियोगिता सुरु हुने कार्यक्रम संयोजक प्रताप विष्टले जानकारी दिए । विष्टका अनुसार प्रतियोगितामा देशभरबाट १० वटा क्लबहरुले सहभागिता जनाउने भएका छन् ।
खेल नकआउटको आधारमा खेलाईने भएको छ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले १० लाख शिल्ड मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छ । विधागत पुरस्कारमा जनही २५ हजार नगद प्राप्त गर्नेछन् । खेल हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ५ स्थित क्याम्पा रंगशालाको खेल मैदानमा हुने बताएको छ ।प्रतियोगतामा त्रिभुवन आर्मी क्लब,नेपाल पुलिस क्लब,नेपाल एपिएफ क्लब, फेन्च क्लब काठमाण्डौ, कुमारटाल युवा क्लब,सिमरा,सर्लाही बागमती युवा क्लब,विजय युथ क्लब हेटौंडा,चितवन ११ र विदेशी क्लब एबिनियर एफसीको सहभागिता रहने आयोजकले जनाएको छ ।
खेल हेर्न दर्शकको लागि एक सय, दुई सय र दुई सय पचास टिकट शुल्क लाग्ने आयोजकले जनाएको छ । खेलमा एक करोड १७ लाख ९२ हजार आम्दानी हुने र करिब एक करोड १५ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलन संघका अध्यक्ष टिकाराम लामाको अध्यक्षता तथा हेटौंडा– १४ का वडा अध्यक्ष दीपक खड्काको प्रमुख अतिथ्यतामा भएको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्की, कार्यालय सचिव राजन दाहाल (खुसराज) लगायत पत्रकार तथा खेलकुदकर्मीहरुको उपस्थिती रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




