2025-12-05 9:05 pm

अडानको अध्यक्षमा पुनः बर्तौला

नेपाल अडिटर्स एसोसिएसन (अडान) बागमती प्रदेश समितिको अध्यक्षमा रामकुमार बर्तौला पुनः सर्वसम्मत चयन भएका छन् । बुधबार हेटौंडामा सम्पन्न अडानको छैठौं अधिवेशनले बर्तौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा द्वारिका रिजाल, सचिवमा तेजप्रसाद रुपाखेती, कोषाध्यक्षमा लवप्रसाद सुवेदी, सहसचिवमा लेखराज सापकोटा, सहकोषाध्यक्षमा गोकुलप्रसाद रुवाली तथा कार्यसमिति सदस्यहरुमा मणिप्रसाद सुवेदी, तेजप्रसाद आचार्य, भेषराज कोइराला, मोहनप्रसाद पौडेल, निरन्जन पराजुली र इन्द्रमणि गैरे चयन भएका छन् ।

अडानका केन्द्रीय अध्यक्ष मोहनराज रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय वरिष्ठ उपाध्यक्ष केदार प्रसाद पौडेल, केन्द्रिय सचिव राजेन्द्रप्रसाद ढुंगाना, केन्द्रिय सदस्य प्रकाश ढकाललगायत नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम, बागमती प्रदेश सदस्य सुदीप शिवाकोटीको आतिथ्यता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad