2025-11-09 12:30 pm

मकवानपुरको भैसे नजिक गुडिरहेको जिपमा आगलागी

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंम्बर ४ भैसे नजिक गुडिरहेको जिपमा आगलागी भएको छ । बुधबार राति हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ जोड्ने छोटोराजमार्ग अन्तर्गत भीमफेदी–४ भैसे नजिक गुडिरहेको बा ८ च ८०३० नंबरको जिपमा आगलागी हुँदा जिप जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार सवारी चालक सुरक्षित रहेका छन् । अचानक कारको वायर सर्ट भएर आगलागी भएको हुनसक्ने प्रवक्ता प्रहरीको भनाई छ ।

About the Author

Ad
Ad