बझाङ केन्द्र रहेर आज बिहान भूकम्प गएको छ। बझाङस्थित सैनपसेला केन्द्र रहेर भूकम्प गएको हो। आज बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रकाअनुसार ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। बझाङ र छिमेकी जिल्लामा भूकम्पको धक्का महशुस गरिएको थियो।