हेटौंडामा प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिदा दुईजना घाइते

हेटौंडामा प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिदा दुईजना घाइते भएका छन् । बुधबार साँझ हेटौंडा–१० बुद्ध चोकमा जिल्ला प्रहरी कार्यलय मकवानपुरको भ्यानले मोटरसाईकललाई ठक्कर दिएको हो । दुर्घटनाबाट घाइते भएका दुई जना मध्ये एक जनालाई हेटौंडा अस्पताल र अर्का एक जनालाई अर्थोपेडिक अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

घाईते हुनेहरुमा हेटौंडा–५ गर्दोईका ४९ बर्षीय सुरेश बज्राचार्य र हेटौंडा–५ पिप्लेका ४५ बर्षीय मधु अर्याल रहेको छ । प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिएको भन्दै आक्रोशित बनेका सर्वसाधारणले जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर केहिबेर प्रदर्शन समेत गरेका थिए । प्रदर्शनकारीले यातायातलाई समेत केही समयको रोक लगाईएको थियो । ठक्कर दिने सवारी र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएका छन् ।

अनलाइनपत्र संवाददाता

Next Post

मकवानपुरगढी–१ आँपटारमा ३ महिने सिलाईकटाई तालिम सुरु

Thu Mar 30 , 2023
मकवानपुरगढी गाउँपालिकाको वडा न. १ आँपटारमा तीन महिने प्राविधिक सीप विकास सम्बन्धि सिलाई कटाई तालिम सुरु भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत तालिम सुरु भएको हो । तालिममा वडा न. १ का २२ जना महिलाहरुको सहभागिता रहेको छ । १ नंम्बर वडाका वडाध्यक्ष आईत सिं […]

सम्बन्धित खबर