काठमाडौँ – शुक्रबार सुनचाँदीको मूल्य बृद्धि भएको छ । स्थानीय बजारमा छापावाल सुनको भाउ प्रतितोला ६०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार ९०० रुपैयाँ रहेको छापावाल सुनको भाउ शुक्रबार ९४ हजार ५०० रुपैयाँ कायम भएको छ ।

सोही परिमाणको तेजावी सुनको भाउ आज ९४ हजार रुपैयाँमा कारोबार गर्न सकिनेछ । बिहीबार एक हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबार एक हजार ३७० रुपैयाँ पर्ने महासंघले जनाएको छ ।