हेटौंडा जेसिजको अध्यक्षमा लिसेन बस्नेत निर्वाचित भएका छन् । बस्नेतले ६४ मत प्राप्त गरी हेटौंडा जेसिजको अध्यक्षमा निर्वाचित भएको हो । अध्यक्षका अर्का आकांक्षी सुधीर दाहालले ४९ मत प्राप्त गरेका थिए । कार्यकारिणी उपध्यक्षमा दुई जना मनोज रिजाल (६५ मत) र पंकज दास बनियाँ (५८ मत) ल्याई विजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा प्रविण गुप्ता , सुजन ढुंगाना , राज खड्गी र गिरिजा अधिकारी विजयी भएका छन् ।