काठमाडौं – चर्चित संगीतकार बसन्त सापकोटाको संगीत र शब्दमा रहेको ‘माया बैगुनी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा स्वर न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेको रहेको छ।  प्रेमिल शैलीकोयस गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ।  म्युजिक भिडियोमा गायिका लाम्गादे र चर्चित कलाकार  दिलिप रायमाझी फिचर्ड छन्।  प्रज्वल पन्तले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्।  बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।

बुढा सुव्वा डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। १३ बर्षपछि गायन यात्रामा फर्किएकी लाम्गादे  न्युयोर्कमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेकी छिन्।  गायिका लाम्गादे गायन संगै अभिनयमा समेत रुचि राख्ने गर्छिन उनले यसअघि ‘दलन’ नामक टेलिचलचित्र र चेतनामुलक विज्ञापनहरुमा अभिनय गरिसकेकी छिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू