लोकप्रिय लोकगायिका सुनिता दुलालले यस वर्षको तीजका लागि नयाँ गीत ‘चालिसे चुरा’ सार्वजनिक गरेकी छन्। तीज गीतमै आफ्नो छुट्टै पहिचान बनाएकी उनी ‘तीज क्विन’का रूपमा परिचित छिन्।

शम्भुजित बास्कोटाको संगीत र चिरञ्जिवी भट्टको शब्दमा तयार भएको गीत रंगीन र रमाइलो माहोलमा प्रस्तुत गरिएको छ। म्यूजिक भिडियोमा अभिनेत्री एलिजा गौतम, शर्मिला मल्ल, हट्टी नट्टी, पुनम श्रेष्ठ, जयन सुब्बा मानन्धर र स्वयं दुलालको अभिनय समावेश छ।

तेञ्जु योञ्जनको निर्देशनमा बनेको भिडियो ‘सुनिता दुलाल युट्युब च्यानल’मार्फत सार्वजनिक गरिएको हो। दुलालका अनुसार यसपटकको गीतमा सांस्कृतिक रंग, परम्परा र आधुनिक प्रस्तुतीको मिश्रण गरिएको छ।

‘नबोल अरुसँग’, ‘पियारी’, ‘यो रमाइलो तिजैमा’, ‘यसपाली नि खाने दर’ लगायतका हिट गीतमार्फत चर्चा कमाइसकेकी दुलालले ‘चालिसे चुरा’ पनि दर्शकले मन पराउने विश्वास व्यक्त गरेकी छन्।

तीज आउन केही हप्ता बाँकी भए पनि सामाजिक सञ्जालहरू अहिले नै तीजमय भएका छन्। यसैबीच, तीजलाई लक्षित गर्दै सार्वजनिक भएका दर्जनौं गीतमध्ये ‘चालिसे चुरा’ले पनि दर्शकको ध्यान तानिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

555 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू