मकवानपुरमा नेपाली कांग्रेसले आउँदो मंसिर २९ गते हेटौंडामा प्रर्दशन गर्ने भएको छ । वर्तमान सरकारको सर्वसत्तावादी प्रवृत्ति, तनहुँमा मंसिर १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी दुव्र्यवहार, स्वास्थ्य सामग्री खरिद लगायतका भ्रष्ट्राचारको विरोधमा कांग्रेसले हेटौंडामा प्रर्दशन गर्ने भएको हो । कांग्रेसका केन्द्रीय सदस्यद्वय महालक्ष्मी उपाध्याय डिना र गुरुराज घिमिरेको उपस्थितिमा भएको बैठकले केन्द्रीय निर्देशन अनुसार सरकारको जनविरोधी गतिविधिको विरोधमा प्रर्दशन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको बैठकले मकवानपुरका सबै क्षेत्रबाट नेता कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तकहरुलाई प्रर्दशनमा उपस्थित गराउने निर्णय गरेको छ ।