राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ जारी गरेकी हुन् । यसैगरी राष्ट्रपति भण्डारीले सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश २०७७ पनि जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।