Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

विश्व शिक्षक दिवस यसपटक नयाँ शैलीमा मनाईदै- लक्ष्मण शर्मा

Company Register

विश्व शिक्षक दिवस अक्टोबर ५ लाई यस वर्ष विशेष ढङ्गले मनाइएको छ । सन् १९६६ मा प्रस्ताव गरी १९९४ मा संयुक्त राष्ट्रसङ्घद्वारा पारित गरिएको शिक्षण पेशा र पेशाकर्मीहरुको काम कर्तव्य र अधिकार सम्बन्धी सिफारिसको सम्झनामा समीक्षा गर्न शिक्षक दिवस मनाईने गरिन्छ । यसपटकको शिक्षक दिवस २४ घण्टा नै डिजिटल र्यालीको रुपमा मनाइने नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माले बताउनुभयो ।

Advertisement

आज बिहान नेपाली समय सात बजे सुरु भएको उक्त कार्यक्रममा न्युजिल्याण्ड, अस्टरेलिया, पपुवा न्युगिनी हुँदै एसिया क्षेत्रमा प्रवेश गरको थियो । बिहान १०:३० बजे नेपालको मामिलामा कार्यक्रमले प्रवेश गरेको थियो । नेपालमा प्रवेश गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको भिडियो सहित मन्तव्य प्रस्तुत भएको थियो । त्यसैगरी दक्षिण एसियामा भएको प्यानेल डिस्कसनमा सार्क शिक्षक महासङ्घका महासचिव लक्ष्मण शर्माले नेपाल र दक्षिण एसियामा महामारीमा विद्यालय र शिक्षामा देखिएका चुनौतिहरुको बारेमा बोल्नुभएको थियो । शर्माले आफू आवद्धआफ्नो नेतृत्वमा रहेको नेपाल राष्ट्रिय शिक्षक संगठनले हाल नेपालमा सञ्चालन गरेका दुई राष्ट्रिय महत्वका कार्यक्रमहरु ननिदाएका शिक्षक र माईक्रोटिचिङ्ग म्याराथुन २०२० लाई आफूले विशेष महत्वका साथ हेर्नुभएको बताउनुभएको छ ।

कार्यक्रम यसपछि उत्तर एसिया, मध्यपूर्व र अरब हुँदै अहिले राती ८ बजे पश्चिम युरोपको शिक्षा र शिक्षक समस्याको बहस भइरहेकोछ। भोलि बिहान सात बजेतिर हुने समापनमा उत्तर र दक्षिण अमेरिकाको शैक्षिक मुद्दाहरुमा कार्यक्रम केन्द्रित हुने छ । कार्यक्रममा कोविड १९ को महामारीमा शिक्षकहरुले पु-याएको योगदानको बारेमा पनि कार्यक्रमहरु प्रस्तुत भइरहेकोछ।
उक्त कार्यक्रम www.5Oct.org वेबसाइटमा प्रस्तुत भइरहेको छ। सोसल मिडियामा आधिकारिक ह्यासट्याग #5octLive र #WorldTeachersDay प्रयोग गरिएका छन्।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...