आइपिएल : बेंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्षस्थानमा

अनलाइन पत्र संवाददाता२०७७ अशोज २० No Comments

इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्स तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राती भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्षस्थानमा उक्लिएको हो । जितका लागि १ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोर २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३७ रन बनायो । दिल्लीको कसिलो बलिङ सामु बेंगलोरका कुनै पनि ब्याट्सम्यानले राम्रो ब्याटिङ गर्न सकेनन् ।

दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो । दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो । तर तेस्रो खेलमा सनराइजर्स हैदराबादसँग १५ रनले पराजित हुन पुग्यो । चौथो खेलमा कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको थियो । दिल्लीले शुक्रबार राजस्थान रोयल्ससँग खेल्ने छ । योसँगै दिल्ली ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । मुम्बई ५ खेलमा ३ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ । बेंगलोर ५ खेलमा ३ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ ।

Ad
Ad