यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

मकवानपुर प्रहरीले गाँजा सहित ३ जना पक्राउ


मकवानपुर प्रहरीले लागु औषध गाँजा १० किलो २८८ ग्राम सहित ३ जना पक्राउ गरेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नंबर ३ स्थित पुर्व पश्चिम लोकमार्ग सडक खण्डमा सोमबार बिहान ३–०३००१ ज ००१२ नंबरको यात्रुवाहक म्याजिकलाई रोकी चेकजाँच गर्दा उक्त म्याजिकमा सवार ३ जनाले बोकेको जेब्रा झोलामा लागु औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । गाँजा सहित पक्राउ पर्नेहरुमा हेटौंडा– १९ का ४६ वर्षीय बिर बहादुर घलान,मनहरी –५ की ४० वर्षीया सृजना तामाङ र कैलाश – १० का २४ वर्षीय प्रकाश तामाङ गरी ३ जना रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ३ जनामाथि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।