काठमाडौँ – बुधबार चाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा प्रतितोला रु १ सयले बढेर छापावाल सुनको मूल्य ९४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार प्रतितोला तेजाबी सुनको मूल्य ९३ हजार ७ सयमा कारोबार भएको छ  ।  बुधबार चाँदीको मूल्य भने बढेको छ  । मंगलबारको तुलनामा प्रतितोला रु ५ ले बढेर चाँदीको मूल्य १३ सय ५ कायम भएको छ ।