आजबाट हेटौंडाको तरकारी मन्डी बिहान ४ बजेदेखि ८ बजेसम्म मात्र खुल्ने

अनलाइन पत्र संवाददाता२०७८-०१-१४ No Comments

दोस्रो चरणको कोरोना भाईरस संक्रमण बढ्दै गएपछि हेटौंडाको तरकारी मन्डीहरु दिनको ४ घण्टा मात्र खुल्ने भएको छ । हेटौंडाको खोपीगल्ली र बसपार्कमा रहेको तरकारी मण्डी आजदेखि बिहान ४ बजेबाट ८ बजेसम्म मात्र खुल्ने भएको छ । सोमबार बसेको जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले आज मंगलबारबाट हेटौंडाका तरकारी तथा मासुपसल बिहान ४ बजेदेखि बिहान ८ बजेसम्म खेल्ने निर्णय गरेको हो ।

Ad
Ad