आजबाट मकवानपुरको सबै विद्यालयहरु बन्द हुने भएको छ । कामेरोना संक्रमण बढे संगै संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यलय मकवानपुरले जिल्लाका सबै शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । सोमबार बसेको बैठकले मकवानपुरका सबै स्थानिय तहका विद्यालय , ट्युसन सेन्टर , कोचिङ सेन्टर, क्याम्पस बन्द गर्ने निर्णय गरेको हो ।