Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आजदेखि त्रिभुवन विश्वविद्यालयको सबै परीक्षा स्थगित

Company Register

त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगन गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय केन्द्रीय परीक्षा सञ्चालन समितिको सोमबार बसेको बैठकले आजदेखि हुने सबै परीक्षा स्थगन गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोरोनाको दोस्रो प्रकोपले देशका विभिन्न स्थानमा बन्दाबन्दी र निषेधाज्ञा भएका कारण अहिलेको स्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले स्थगन गर्नुपरेको जानकारी दिए ।

Advertisement

उनले परीक्षा वातावरण सहज भएपछि सञ्चालन गरिने बताए । त्रिविको वार्षिक परीक्षाअन्तर्गत स्नातक तह र स्नातकोत्तर तह दोस्रो वर्षका परीक्षा सञ्चालन भइरहेका थिए । यही वैशाख १९ गतेसम्म सञ्चालन हुने परीक्षाअन्तर्गत मानविकी, शिक्षा र विज्ञान सङ्कायका केही विषय मात्र बाँकी थिए । यस्तै वैशाख १९ गतेदेखि स्नातकोत्तर तहको सेमेष्टरअन्तर्गतका परीक्षासमेत सञ्चालन गर्ने पनिकाको तयारी थियो । यसअघि पनि गत वर्ष चैतमा कोभिड–१९ का कारणले परीक्षा स्थगन गरिएका थिए । ती परीक्षा गत मङ्सिरदेखि निरन्तर सञ्चालन भइरहेका थिए । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्देशक समितिको आइतबार बसेको बैठकले आजदेखि विद्यालय र शिक्षालयको भौतिक उपस्थितिमा हुने पूर्वनिर्धारित परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...