४९ औँ विश्व वातावरण दिवसको अवसरमा मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ५ मा रहेको ज्यामिरे टोल विकास संस्था र ज्यामिरे फुटबल क्लबको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । मकवानपुरगढी ५ मा रहेको ज्यामिरेदेखि कालिवन जोड्ने सडकको छेउछाउमा विभिन्न विरुवाहरु रोपेको हो । विरुवाहरु मकवानपुरगढी सब डिभिजन वन कार्यालयले उपलब्ध गरिएको ज्यामिरे टोल विकास संस्थाका सचिव राजिव फुयाँलले जानकारी दिए । वृक्षरोपन ज्यामिरे टोल विकास र ज्यामिरे फुटबल क्लवका युवाहरु सहभागितामा गरिएको हो ।