Comments Add Comment

कांग्रेस मकवानपुरगढीको सभापतिमा मोक्तान निर्वाचित

नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाको सभापतिमा राजविर मोक्तान निर्वाचित भएका छन् । शनिबार भएको कांग्रेसको १४ औँ गाउँ अधिवेशनबाट मोक्तान सभापतिमा पुन निर्वाचित भएका हुन् । मोक्तानले ८७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी अर्जुन दाहालले ५० मत प्राप्त गरेका थिए ।

त्यस्तै गाउँपालिकाको उपसभापतिहरुमा थलनाथ घिमिरे र शुसिला फुँयाल सर्वसम्मत निर्वाचित भएका छन् । सचिवमा आइतसिंह लो र प्रतिमान रुम्बा तथा सह सचिवमा राजेन्द्र लम्साल र रामप्रसाद चौरेल सर्वसम्मत चयन भएका हुन् । अधिवेशनले ३२ जना सदस्यसमेत सर्वसम्मत चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर