
अमलेखगञ्ज डिपोबाट विराटनगर गइरहेको नेपाल आयल निगमको डिजेल बोकेको ट्यांकर सिरहाको लहानबाट ‘गायब’ भएको छ । निगमको इन्धन डिपो अमलेखगञ्जबाट मंसिर १ गते २० हजार डिजेल लोड ना४ख ४१६३ नम्बरको ट्यांकर लहानबाट सोमबार राति ११ गायब भएको प्रहरीले जनाएको छ ।
लहान पुगेपछि सो ट्यांकरलाई एक समूहले रोकेर गायब पारेको लहानका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताए । ‘ट्यांकर हालसम्म फेला परेको छैन, खोजी तीव्र पारिएको छ,’ बोहराले भने । अज्ञात समूहले सो ट्यांकर अपरहण गरेको आशंका गरिएको बोहराले बताए। इलाका प्रहरी कार्यालय लहानबाट प्रहरी नायब उपरीक्षक भेषराज रिजालसहितको प्रहरी टोली ट्यांकरको खोजीमा रहेको बोहराले बताए। नेपाल आयल निगमले डिजेल लोड भएको ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ।
निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनियर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । बोहराका अनुसार चालक रामदेव यादव र सहचालक उमेश यादव सम्पर्कमा आएका छन्। मुखमा पट्टी बाँधेर आएका ६र७ जना नकाबधारीले ट्यांकर नियन्त्रणमा लिएर आफूहरूलाई जिपमा राखी बर्दिबास र लालबन्दीबीचको जंगलमा छोडेर ट्यांकर लिएर भागेको दुवैले प्रहरीलाई बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




