नेपाली कांग्रेसको हेटौंडा उपमहानगरपालिमा उत्सव इटेनीको प्यानल विजयी भएको छ । शनिबार भएको नेपाली कांग्रेसको १४ औं अधिवेशनबाट हेटौंडा नगर सभापतिमा इटेनी र उनको प्यानल नै विजयी भएका छन् । अर्का प्रतिद्वन्दी महेन्द्र राउतलाई फराकिलो मतले पराजित गर्दै ईटेनी हेटौंडा नगर सभापतिमा निर्वाचित भएका हुन् । निर्वाचित इटेनीले २८४ मत प्राप्त गरेका थिए भने महेन्द्र राउतले १३२ मत मात्र प्राप्त गरेका थिए ।

त्यस्तै उपसभापतिमा इटेनी प्यानलकै डोल्मा स्याङ्बो र रामकृष्ण कोइराला निर्वाचित भएका छन् । सचिवमा सविन न्यौपाने र हर्क रत्नलामा निर्वाचित भएका छन् भने सहसचिवमा निगम श्रेष्ठ र विकास बानियाँ निर्वाचित भएका छन् । कुल ४२३ क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने नगर अधिवेशनमा ४२१ मत मात्र खसेको थियो।