Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

निबृत्त शिक्षक समाज मकवानपुरको साहित्यिक कार्यक्रम सम्पन्न

Company Register

नेपाल निबृत्त शिक्षक समाज मकवानपुरको आयोजनामा आज अनलाईन भर्चुअल साहित्यिक कार्यक्रम एवम् कवि गोष्टी सम्पन्न भएको छ । समाजका केन्द्रिय समिति कार्यवाहक अध्यक्ष ध्रुवराज अर्यालको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रम मकवानपुर जिल्ला अध्यक्ष शीवदयाल यादवको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रिय समिति उपाध्यक्ष महेन्द्र बम र सल्लाहकार रमाकान्त सापकोटाको बिशिष्ट आतिथ्यता रहेको थियो ।

Advertisement

कार्यक्रममा देशभरका बिभिन्न जिल्लाबाट सहभागी रहेका निबृत्त शिक्षकहरुले आफ्नो संक्षिप्त भनाई सहित रचना वाचन गरेका थिए । चितवन, लम्जुङ्ग, मकवानपुर, कास्की, झापा, तनहुँ, काठमाण्डौ, बारा, कैलाली लगायत विभिन्न जिल्लाबाट निबृत्त शिक्षकहरुको सहभागिता रहेको थियो । समाजका मकवानपुर सदस्य ईन्द्रप्रसाद सञ्जेलले स्वागत गर्नुभएको कार्यक्रममा करिव २ दर्जन निबृत्त शिक्षकहरुले रचना/कविता वाचन गरेका थिए । समाजका मकवानपुर जिल्ला सचिव अभिमन्यू गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा ऋषीकेष बराल, छबिलाल आचार्य, नारायणी अधिकारी, चक्र बहादुर अधिकारी, मित्रराज घिमिरे, लक्ष्मीकान्त पौडेल, केदार खनाल, भूवानी पौैडेल, सुर्यप्रकाश जमरकट्टेल, मनहरी पौडेल, अरुण खतिवडा, ईन्दिरा अर्याल, जनार्दन खनाल, सुवास खनाल, जयबहादुर श्रेष्ठ, लगायतकाले रचनावाचन गर्नुभएको थियो ।

बरिष्ठ साहित्यकार गोबिन्द बिनोदीले समीक्षात्मक टिप्पणी सहित रचनावाचन गर्नुभएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहाल, झरना साहित्य परिवार मकवानपुर अध्यक्ष दीपक गौतम समाजका केन्द्रिय सहकोषाध्यक्ष खिमकान्त पराजुली, केन्द्रिय सदस्य तोयानाथ लामिछाने,ऋषी बराल, टेकबहादुर केसी, केन्द्रिय प्रतिनिधी खेमराज सापकोटा,बिष्णु सुवेदी,उमा सुवेदी, सिताराम दाहाल, बिष्णु दाहाल लगायतकाले शुभकामना मन्तब्य दिनुभएको मकवानपुर सचिव अभिमन्यू गौतमले जानकारी दिनुभयो । साहित्यिक कार्यक्रम भने साहित्यकार एवम् गीतकार सुनिल गौतमले सञ्चालन गरेका हुन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...