बाल्यकाल

नजानेर गरेका ती गल्तीहरु
उद्देश्य बिना दौडेका ती गल्लीहरु
लड्नेक्रममा बड्नेक्रममा, लागेका चोटहरु
नादानीमा सिक्दा सिक्दै, बनेका खोटहरु
मित्रता, माया अति स्नेहका ती जालहरु
(कहिल्यै नबिर्सने समय ती बाल्यकालहरु)२

ती घाटी छोएर खाएका कसमहरु
सत्य झै लाग्ने ती भ्रमहरु
हातमा हात ठोकी लगाएका ती बाजीहरु
गल्तीमा नी साथ नछोड्ने ती साथीहरु
अल्छीमानी गरेका ती आलटालहरु
(कहिल्यै नमेटिने छाप ती बाल्यकालहरु) २

रिसाएर साथीसंग गरेका ती कट्टीहरु
गृहकार्य नगर्दा लुकाएका ती लाठ्ठीहरु
ती खुशी, माया, साथ अनि रिसहरु
सुर बिना साथ गाएका ती गीतहरु
संगै गरिएका गल्ती अनि संगै खाएका गालहरु
(सधै याद आउने क्षण ती बाल्यकालहरु) २

अविरल अधिकारी , हेटौडा