मकवानपुरगढीको वडा न. ८ बुढिचौरमा लाग्ने गरेको रुपनारायण मेला यो वर्ष भने दिउँसो मात्रै लाग्ने भएको छ । प्रत्येक बर्ष राति लाग्ने गरेको मेला यसबर्ष भने दिउँसो मात्रै लाग्ने भएको हो ।


यही कार्तिक १४ गते बसेको बोर्ड बैठकले मेला दिउँसो मात्रै लाग्ने निर्णय गरेको जनाईएको छ । वडा अध्यक्ष कुमारसिं घिसिङद्वारा जारी सूचनामा यो वर्षको रुपनारायण मेला कार्तिक २५ गते विहान ६ बजेदेखि साँझ ६ बजेसम्म लाग्ने उल्लेख छ ।