
हेटौंडा १८ हर्नामाडी फुर्केचौरमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउनको लागि मंगलबारबाट लगाइएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा ३२ लाख रुपैँया संकलन भएको छ । प्रख्यात बाचन पण्डित दिनबन्धु पोखरेलले बाचन गरिरहेको सप्ताह महायज्ञमा तिन दिनसम्ममा ३२ लाख ५ हजार संकलन भएको लेखा समिति संयोजक विनोद घिमिरेले जानकारी दिए । मंसिर ३ गते उद्घाटनका दिन २२ लाख ५० हजार र बुधबार ५ लाख संकलन भएको थियो । तेस्रो दिन बिहिबार ४ लाख ५५ हजार रुपैँया संकलन भएको छ ।
मंसिर ३ गतेबाट मंसिर १० गतेसम्म संचालन हुने श्रीमद् भागवत सप्ताह महायज्ञबाट उठेको रकमले गोरक्षनाथ माविमा प्राविधिक शिक्षा संचालन गर्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँले जानकारी दिए । सांसद इन्द्रबहादुर बानियाँ संयोजक रहेको महायज्ञबाट करिब २ करोड संकलन गर्ने लक्ष्य राखिएको छ ।
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






