मकवानपुरमा थप भदौ १० गतेसम्म निषेधाज्ञा , पसल खोल्ने समय बढाईयो

Company Register

मकवानपुरमा जारी निषेधाज्ञा थप आउँदो भदौ १० गतेसम्मलाई बढाईएको छ । आइतबार जिल्ला कोभिड संकट व्यवस्थापनको बैठकले निषेधाज्ञालाई थप गरी भदौ १० गते राति १२ बजेसम्मलाई लम्ब्याइएको छ । बैठकले निजि तथा सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली निरन्तरता र खाद्यन्नको पसलहरु खोल्ने समय थप गरिएको निर्णय गरेको छ ।

Advertisement

भदौ १ गतेदेखि अत्यावश्यक उपभोग्य बस्तु खाद्यान्य, मान्छा,मासु, तरकारी, फलफुल, दुध, पानि अण्डा पसलहरु बिहान ५ बजे देखी बिहान १० बजे सम्म खोल्न पाईने र गरैखाद्यान्य तथा अन्य पसलहरु दिउँसो १० बजे देखी बेलुका ५ बजे सम्म खोल्न पाईने प्रशासनले जनाएको छ । यसअघि प्रशासनले अत्यावश्यक उपभोग्य बस्तु खाद्यान्य, मान्छा,मासु, तरकारी, फलफुल, दुध, पानि अण्डा पसलहरु बिहान ५ बजे देखी बिहान १० बजे सम्म खोल्न र गरैखाद्यान्य तथा अन्य पसलहरु दिउँसो १२ बजे देखी बेलुका ४ बजे सम्म संचालन गर्न दिएको थियो । त्यसै बैंकहरु हप्ताको ६ दिननै खुल्ने भएको छ । यसअघि हप्ताको ३ दिन मात्र खोल्ने गरेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...