Comments Add Comment

आज देशभरिकै मौसम सफा रहने

काठमाण्डौ – आज देशभरिकै मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।

पानी पर्ने कुनै प्रणाली सक्रिय नभएकाले देशभरिकै मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर स्थानीय वायुको प्रभावले प्रदेश १, वाग्मती  प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली हुने महाशाखाले पूर्वानुमान गरेको छ ।

प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भने फाट्टफुट्ट पानी पनि पर्न सक्ने मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर